भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उपहार आदानप्रदान भएको छ । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउने उपहार दिएका हुन् । प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको उपहार सेट प्रदान गरेका छन् । कलात्मक काठको बट्टामा