प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.२६ अंकले घट्यो

  • सोमबार ८ मंिर २०८३ १२:०० PM
काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.२६ अंकले घटेर २६१७.०२ बिन्दुमा पुगेको हो।प्रि ओपन सेसनमा ५३ वटा स्क्रिप्सको ९ हजार ३७१ कित्ता सेयर २८ लाख १८ हजार ८९२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ११ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।