लोकतन्त्रको सबैभन्दा ठूलो विडम्बना के हो भने कहिलेकाहीँ लोकतान्त्रिक प्रक्रियाबाटै सत्तामा पुगेका शासकहरू स्वयं लोकतन्त्रका आधारभूत मान्यतामाथि प्रश्न उठ्ने गरी शासन सञ्चालन गर्न थाल्छन्। निर्वाचन जित्नु, बहुमत प्राप्त गर्नु र सरकार गठन गर्नु लोकतान्त्रिक अभ्यासका महत्वपूर्ण उपलब्धि हुन्। तर, यी उपलब्धिले कसैलाई संविधानभन्दा माथि उठ्ने, राज्यका संस्थालाई स्वेच्छाचारी ढंगले परिचालन गर्ने वा नागरिकको आवाजलाई गौण ठान्ने अधिकार दिँदैनन्। जनताले शासक चुन्छन्, तर निरंकुश बन्ने अनुमति दिएका हुँदैनन्। ज