भारतीय समकक्षी मोदी भेट्न हैदराबाद पुगे प्रधानमन्त्री बालेन

  • सोमबार ८ मंिर २०८३ १२:०० PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबीच केहीबेरमा भेटवार्ता हुँदैछ।  भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेन मोदी भेट्न हैदराबाद पुगेका छन्। त्यसअघि प्रधानमन्त्री मोदीले बालेनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका थिए। बालेनको सम्मानमा  'गार्ड अफ अनर' दिइएको थियो। त्यसलगत्तै प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरे