काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेनले मोदीसँग भेटवार्ता जारी राखेका छन्। नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार,परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि