काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका ९ वटा नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्ने भएको छ । विश्वविद्यालयले सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक पदका लागि आवेदन आह्वान गरेको हो । विश्वविद्यालयले जारी गरेको सूचनाअनुसार ग्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स, ग्राजुएट स्कुल अफ एजुकेसन, ग्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्राजुएट स्कुल अफ