प्रधानमन्त्री बालेनद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

  • सोमबार ८ मंिर २०८३ ०६:०९ AM
काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सोमबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । त्यस अवसरमा उनले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र योगदानप्रति सम्मान प्रकट गरेका थिए