लम्बियो कोप, ‘आन्टाल्या प्याक्ट’ अस्वीकार

  • सोमबार ८ मंिर २०८३ ११:०० AM
काठमाडौं : पूर्वतालिकाअनुसार विश्व जलवायु सम्मेलन (कोप–३१) को समापन शुक्रबार हुनुपर्ने थियो। तर सदस्य राष्ट्रहरूबीच सहमति नजुट्दा आइतबारसम्म सम्मेलन लम्बिएको छ।सदस्य राष्ट्र तथा विभिन्न समूहबीच विवादको मुख्य जड बनेको छ– जीवाश्मा इन्धन। जीवाश्मा इन्धनसम्बन्धी निर्णयको प्रारम्भिक मस्यौदामा यसलाई कटौती गर्दै लैजाने उल्लेख गरिएको थियो। तर प्रमुख तेल उत्पादक राष्ट्रहरूको असहमति जनाए। त्यसपछि कोप आयोजक टर्की र अस्ट्रेलियाले जारी गरेको दोस्रो मस्यौदामा कोइला, तेल र ग्याससम्बन्धी उल्लेख भएका