काठमाडौं : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका –०२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सोमबार बिहान ७:१५ बजेतिर निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १-०७-००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे,अस्थायी प्रहरी पोष्ट मिलनचोक,जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी का