साझा राष्ट्रिय एजेन्डाबिनै भारत भ्रमणमा गए बालेन : पूर्वप्रधानमन्त्री खनाल

  • सोमबार ८ मंिर २०८३ ०३:२१ AM
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र साह साझा राष्ट्रिय एजेन्डा तयार नगरी भारत भ्रमणमा गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । भारतसँगको द्विपक्षीय सम्बन्ध महत्त्वपूर्ण रहे पनि प्रधानमन्त्री साहले भ्रमणअघि राजनीतिक दलहरूसँग छलफल गरेर राष्ट्रिय सहमतिको एजेन्डा बनाउन नसकेको खनालको भनाइ छ । साझा एजेन्डा तयार भएको भए भारतसँगको छलफल र सम्झौता थप स्पष्ट हुने उनले बताए । भारतीय समाचार संस्था एएनआईसँग आइतबार कुरा गर्दै खनालले प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुन विषयमा छलफल गर्ने र कस्ता सम्झौता गर्ने भन्नेबारे अन्योल रहेको टिप्पणी गरे । ‘नेपालका प्रधानमन्त्रीले देशका लागि साझा एजेन्डा तयार ... The post साझा राष्ट्रिय एजेन्डाबिनै भारत भ्रमणमा गए बालेन : पूर्वप्रधानमन्त्री खनाल appeared first on Kalika Khabar.