कटुवा पेस्तोल र गोलीसहित एक महिला प’क्राउ

  • सोमबार ८ मंिर २०८३ ०३:२४ AM
काठमाडौँ : धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोलकी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रवक्ता ओम प्रकाश खनालका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजे धनुषाधाम नगरपालिका–४, गौरीपुर टोलबाट उनलाई नियन्त्रणमा लिएको बताए। प्रहरीका अनुसार महतोले कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा फेला परेकी थिइन् । The post कटुवा पेस्तोल र गोलीसहित एक महिला प’क्राउ appeared first on Kalika Khabar.