ललितपुर : पाटन दरबार स्क्वायरस्थित ऐतिहासिक कात्तिक डबलीमा जारी शताब्दीऔं पुरानो कात्तिक नाचको १० औं दिन आइतबार राति ‘नृसिंह अवतार’ मञ्चन गरिएको छ। परम्परागत बाजागाजा र तान्त्रिक विधिपूर्वक प्रस्तुत गरिएको नाच बिहान ३ बजेसम्म चलेको थियो।नाचमा अधर्ममाथि धर्मको विजय र भक्तप्रतिको ईश्वरीय रक्षाको पौराणिक कथालाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। कथाअनुसार आफ्ना भाइ हिरण्याक्षको वधको बदला लिन दैत्यराज हिरण्यकशिपुले वर्षौंसम्म कठोर तपस्या गरी ब्रह्माबाट मनुष्य वा पशु, दिन वा रात, आकाश वा