नवलपुर : नवलपुरको देबचुली नगरपालिका- १४ मा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६, सेमलार निवासी ६० वर्षीया मञ्जु रिजाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे देवचुली नगरपालिका–१४, प्रगतिनगरस्थित चन्द्रदीप पेट्रोल पम्प नजिकै सडक पार गर्ने क्रममा उनलाई बसले ठक्कर दिएको थियो। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४०६७ नम्बरको बसले ठक्क