विपद्का कारण देशका दुई स्थानमा सडक तथा पुलमा आवागमन प्रभावित भएको छ । प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ६ बजेसम्मको विवरणअनुसार चितवनको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा सुख्खा पहिरो खसेपछि जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने काम भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत उक्त सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको