काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतका निजी क्षेत्रलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका मन्त्री वाग्लेले नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी