नयाँदिल्ली : प्रधानमन्त्री वालेन्द्र शाहले भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग आइतबार भेटवार्ता गरेका छन्। नयाँदिल्लीस्थित ताजमहल होटलमा करिब २५ मिनेटको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्ष र सहकार्यका सम्भावनाबारे छलफल भएको थियो। पहिलो राजकीय भारत भ्रमणका लागि प्रधानमन्त्री शाह आइतबार नयाँ दिल्ली आइपुगेका हुन्। भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहको स्वागत गरेका थिए। भेटपछि भारतका विदेशमन्त