वीरेन्द्रनगर : लामो प्रतीक्षा, पटकपटकको मिति परिवर्तन, पूर्वाधार निर्माणको चुनौती र व्यवस्थापकीय अन्योललाई चिर्दै कर्णाली प्रदेश १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने ऐतिहासिक अवसरको नजिक पुगेको छ। नेपालको घरेलु खेलकुद क्षेत्रकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेको दसौं राष्ट्रिय खेलकुद पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेपछि यतिबेला प्रदेशको राजधानी सुर्खेतसहित समग्र कर्णालीमा खेलकुदको माहोल तातेको छ।प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, कर्णाली प्रद