कञ्चनपुर : भारतको उत्तराखण्डस्थित जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ ।दोधारा चाँदनी नगरपालिका-४ मालिका टोलका गोपिन दमाई भारतको उधमसिंह नगरअन्तर्गत रमखोला नजिकै सुरई रेञ्जको जंगलमा मृत भेटिएका हुन् ।घरबाट निस्किएका दमाईबारे परिवारले शुक्रबार बिहान मात्रै जानकारी पाएको थियो । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट फोन आएपछि उनी भारतीय जंगलमा मृत भेटिएको खबर परिवारले पाएको हो ।भारतीय प्रहरीले शव फेला परेको जानकारीसहित तस्वीरसमेत पठाएको थियो । भारतीय अधिकारीहरूका अनुसार