नयाँदिल्ली : भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।शनिबार नयाँदिल्लीस्थित ताजमहल होटलमा भएको भेटमा नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको छ । भेटमा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा, खेलकुद तथा जनस्तरको सम्बन्धलगायत विषयमा कुराकानी भएको हो ।विशेषगरी क्रिकेट र फुटबलको क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । भेटमा दुवै पक्षले द्विपक्षीय सहकार्