नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकबाट ई–टोल सेवा उपलब्ध

  • आइबार​ ७ मंिर २०८३ ०२:४६ PM
काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि विद्युतीय टोल भुक्तानी प्रणाली (ई–टोल) को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । ई–टोल विद्युतीय भुक्तानी प्रणाली हो, जसले सवारीधनीलाई टोल बुथमा नरोकिई छिटो, सहज र नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्ने सुविधा प्रदान गर्छ । सवारीसाधनमा ई–टोलको स्टिकर टाँसेपछि प्रणालीमार्फत स्वतः रकम कट्टा हुने भएकाले सुरुङमार्गमा यात्रा गर्दा टोल शुल्क तिर्न लामो लाइनमा बस्नुपर्ने झन्झट हट्नेछ । यस सेवाबाट टोल बुथमा हुने भीडभाड कम हुनुका साथै यात्रुको समय बचत र यात्रा थप सहज हुने बैंकले जनाएको छ ... The post नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकबाट ई–टोल सेवा उपलब्ध appeared first on Kalika Khabar.