१३ पालिकाले गरे पहल,अब पुल बनाउने जिम्मा संघीय सरकारको : गगन थापा

  • आइबार​ ७ मंिर २०८३ ०८:०० PM
धादिङ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धादिङको पुल समस्या तत्काल समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। बाढीपहिरोबाट प्रभावित धादिङ, नुवाकोट र रसुवाको स्थलगत निरीक्षणका क्रममा धादिङ आइपुगेका थापाले स्थानीय सरकारले पहल गरिसकेकाले अब बेलिब्रिज जडान र स्थायी पुल निर्माणको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने बताएका हुन्।सञ्चारकर्मीसँग कुरा गर्दै थापाले काठमाडौँमा बसेर संघीय सरकारको गतिविधि बुझ्नु मात्रै पर्याप्त नहुने भएकाले प्रभावित क्षेत्रमै पुगेर स्थानीय समस्या र नागरिकका