प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

  • आइबार​ ७ मंिर २०८३ ०८:०० PM
नयाँ दिल्ली : प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो। उनीहरूबीच करिब आधा घन्टा छलफल भएको थियो। छलफलमा नेपाल र भारत सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको थियो।प्रधानमन्त्री सचिवालयका अनुसार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको थियो।&nb