नयाँदिल्ली- प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नेपाल-भारत सम्बन्धका विविध आयाममा छलफल भएको छ। दुई नेताबीच विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। भारतको दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री जयशंकरले आइतबार नयाँदिल्लीस्थित होटल