दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गराउँछौं : खेलकुदमन्त्री पोखरेल

  • आइबार​ ७ मंिर २०८३ ०७:०० PM
काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको बताएका छन्। नेपाल प्रिमियर लिगपछि नेपाली खेलकुदको ध्यान अब दशौं राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको जनाउँदै उनले त्यसको सम्पूर्ण तयारी भएको बताए। मन्त्री पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको बताए। उनका अनुसार प्रतियोगिताका मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्