काठमाण्डु – काठमाण्डुको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ । विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आईतबार दिउँसो करिब २:३० बजे आगलागी भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी दिइएको छ । आगलागीबाट उद्योगमा रहेका ३ वटा मेसिन तथा गोदाममा भण्डारण गरिएका सिरक–डसनामा क्षति पुगेको