नयाँदिल्ली- भारतीय विदेशमन्त्री डा. एस जयशंकर र नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा भेटवार्ता भइरहेको छ। दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री जयशंकर होटल पुगेका हुन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो भारत भ्रमण हो। वालेन्द्रको दुई दिने भ्रमणका क्रममा यो पहिलो उच्चस्तरीय भेटवार्ता हो