काठमाडौं : एसिया कप राइजिङ स्टार्स समूह ‘बी’ अन्तर्गत यूएईसँग नेपालले पावरप्लेमा २ विकेटको क्षतीमा ६६ रन बनाएको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ३९.५ ओभरमा १२१ रन बनाउँदै अलआउट भएको थियो। यूएईले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा २ विकेट गुमाएको हो। पहिलो विकेटको रुपमा अर्जुन कुमाल ५ रनमा क्याच भए। दोस्रो विकेटको रुपमा देव खनाल डक आउट भएका हुन्। हाल क्रिजमा ओपनर कुशल भुर