निर्माण व्यवसायी महासंघ कोशीको अध्यक्षमा बुढाथोकी

  • आइबार​ ७ मंिर २०८३ ०५:०० PM
विराटनगर : निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित केशरकुमार बुढाथोकीले निर्माण क्षेत्रका वर्षौंदेखिका समस्या समाधान गर्ने प्रतिबद्धतासहित औपचारिक रूपमा नेतृत्व सम्हालेका छन्। सरकारी भुक्तानीको अन्योल, बेरुजु व्यवस्थापन, मूल्यवृद्धिबाट प्रभावित आयोजना र म्याद गुज्रिएर अलपत्र परेका निर्माण कार्यलाई गति दिने जिम्मेवारी अब उनको नेतृत्वमा आएको छ। विराटनगरमा आइतबार आयोजित शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बुढाथोकीसहित १७ सदस्यीय नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ ल