कोप–३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

  • आइबार​ ७ मंिर २०८३ ०९:४८ AM
काठमाण्डु – संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (यूएनएफसीसीसी) अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ । यो निर्णय औपचारिक रूपमा पारित भएसँगै पहिलोपटक हिमाल, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदायले यूएनएफसीसीसी प्रक्रियामा आफ्नै छुट्टै र औपचारिक स्थान पाउने छन् ।