गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्। १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारेका हुन्। दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ उपविजेता बने। प्रतियोगितामा नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते। महिलातर्फ अञ्जिला योञ्जन ३४ अंकसहित विजेता बनिन् भने