प्रधानमन्त्री शाहको भारत भ्रमणमा ३५ सदस्यीय टोली

  • आइबार​ ७ मंिर २०८३ ०९:०५ AM
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ। प्रधानमन्त्रीको नेतृत्वमा भारत जाने टोलीमा दुई मन्त्री, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव तथा अन्य उच्चपदस्थ अधिकारीसहित सल्लाहकार, सुरक्षाकर्मी र सञ्चारकर्मी रहेका छन्। प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल सहभागी छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असीम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि भ्रमण टोलीमा छन्। प्रशासनिक नेतृत्वतर्फ मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ सहभागी हुनेछन्। नामावली : सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र ... The post प्रधानमन्त्री शाहको भारत भ्रमणमा ३५ सदस्यीय टोली appeared first on Kalika Khabar.