काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि नेपाल वायुसेवा निगमको जहाजमार्फत् केही बेरअघि नयाँ दिल्ली प्रस्थान गरेका हुन्। प्रधानमन्त्री बालेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री सुदन गुरूङ,उर्जा मन्त्री विराटभक्त श्रेष्ठलगायतले विदाइ गरेका हुन्। दिल्ली पुगेपछि उनको पहिलो औपचारिक राजनीतिक भेट भारतीय विदेशमन्त्री एस.जयशंकरसँग होटल ताजमा हुनेछ। भारतस्थि