गोरखा : सूचना र सञ्चारको द्रुत विकास भइरहेको वर्तमान समयमा पनि मोबाइल सेवाबाट वञ्चित हुनु परेको जनगुनासोपछि सरकारले चुमनुब्री–६ सिप्चेतमा मोबाइल टावर निर्माण गर्यो। अब हात–हातमा मोबाइल हुने भयो, घर–घरमा मोबाइल चल्ने भयो भनेर स्थानीयवासी हर्षित पनि भए।टावर बनेको ६ महिना बितिसकेको छ, तर सेवा भने अझै लिन नपाएको गुनासो स्थानीयको छ। ‘टावर त गत चैत, वैशाखतिरै बनेको हो तर अहिलेसम्म सेवा लिन पाएको छैन’, स्थानीय गोपाल लामाले भने, ‘गाउँमै टावर बन्यो। अब दिनरात