बुटवल : गाउँमा अहिले ज्याला मजदुरी गर्ने श्रमिक छैनन्। श्रमिकमात्र होइन, धेरै गाउँहरू अहिले युवाविहीन छन्। वृद्धवृद्धा र बालबालिकाहरूमात्र गाउँमा भेटिन्छन्। त्यसैको चपेटामा परेको एउटा गाउँ हो, गुल्मीको इस्मा गाउँपालिका–५ चापटारी। चापटारी खेतीयोग्य जमिनका हिसावले उर्बर मानिन्छ। समतल फाँट छन्। बाह्रैमहिना सिँचाइ हुने जमिन छ। नजिकै बगिरहने खोला छ। यतिबेला किसानलाई काटेको धान भित्र्याउन भ्याइनभ्याइ छ।खेतमा गाउँलेहरू धान ‘झाट्दै’ थिए। कति धेरैजना मिलेर काम गरिरहनुभएको