ढल्केवर : धनुषामा कटुवा पेस्तोलसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना टोल बस्ने ४० वर्षीया गंगावती महतो रहेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले आज धनुषाधाम नगरपालिका–४ गौरीपुर टोलमा हातहतियार लुकाएर लैजाँदै गरेको अवस्थामा महतोलाई नियन्त्रणमा लिइएको डीएसपी खनालले बताए । उनका अनुसार महिलाको साथबाट कटुवा पेस्तोल १ थान र सो