काठमाडौं : एसिया कप राइजिङ स्टारर्स अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा यूएईले नेपाललाई १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ३९.५ ओभरमा १२१ मा अलआउट भएको हो। यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ४० रन बनाए। हरप्रित सिंहले ३२ रन बनाउँदा नोरुल्लाह अयोबीले १२ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको लागि बलिङतर्फ सन्दीप लामीछाने र कुशल