त्रियुगा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालको समन्वयमा आखाँ जाँच शिविर सञ्चालन 

  • आइबार​ ७ मंिर २०८३ ०१:३८ PM
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका १ हजार ४०० मध्ये १५० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।  विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका तथा सर्वसाधारणलाई लक्षित गरी नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल लहानको समन्वयमा तीनदिने शिविर सञ्चालन गरिएको थियो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीका अनुसार शनिबार सम्पन्न शिविरमा १ हजार ४०० जनालाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो । ती सेवाग्राहीमध्ये ८०५ जना विद्यार्थी र अरू अभिभावक, शिक्षकशिक्षिका तथा स्थानीय सर्वसाधारण हुन् । शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीलाई आवश्यकताअनुसार चस्मा वितरण तथा शल्यक्रियाको प्रबन्ध पनि गरियो । चस्माबाट दृष्टिमा सुधार नहुने बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि चौधरी आँखा अस्पताल लहान पठाउने सिफारिस गरिएको छ । उनका अनुसार २१ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको छ । शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीमध्ये बिहीबार र शुक्रबार गरी ६९ जनालाई शल्यक्रियाका लागि लहान पठाइएको छ । पहिलो र दोस्रो दिन पहिचान भएका ३५ जनाको शुक्रबार नै शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रिया गर्न बाँकी तथा अन्तिम दिन पहिचान भएका ३४ जनालाई शुक्रबार अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ । बाँकी ५१ जना बिरामीलाई पनि आइतबारसम्म शल्यक्रिया गर्ने व्यवस्था गरिएको प्रमुख कार्कीले  जानकारी दिए। चौधरी आँखा अस्पताल लहानका चिकित्सक डा