काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विगतदेखि अभ्यासमा रहेका कतिपय औपचारिकता र कूटनीतिक परम्परालाई तोड्दै लगेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाँदा सुरु भएको उनको फरक कार्यशैली आइतबारदेखि हुन लागेको भारत भ्रमणमा पनि देखिँदैछ। आइतबार भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहले यसपटक पनि राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो भ्रमणबारे जानकारी गराएका छैनन्। राष्ट्रपति