लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि कार्कीलाई

  • आइबार​ ७ मंिर २०८३ ०१:०० PM
काठमाडौं : लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्। शनिबार १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारेका हुन्। दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ प्रतियोगितामा उपविजेता बने।नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते। महिलातर्फ अञ्जिला योञ्जनले ३४ अंकसहित उपाधि जितिन् भने बिपना श्रेष्ठ ३३ अंकसहित उपविजेता भइन्। ६० वर्षमाथिको सिनियरतर्फ प्रकाश एसजेबी राणाले ३४ अंकसहित उपाधि जिते। पूर्णमान शाक्य ३३ अंक