काठमाण्डु– भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ भने करिब ६०० जना बिरामी परेका छन् । चन्देल जिल्लाको चकपिकारोङ क्षेत्रमा भएको घटनापछि बिरामीहरूलाई विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । घटनाको कारण पत्ता लगाउन मणिपुर सरकारले