प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव

  • आइबार​ ७ मंिर २०८३ ०६:५४ AM
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुका साथै लामो समयदेखि थाती रहेका द्विपक्षीय मुद्दा समाधान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । पूर्व प्रधानमन्त्री केपी ओलीका सल्लाहकार समेत भइसकेका राजन भट्टराईले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सम्पर्क सञ्जाल र आपसी सहकार्य विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्