वासिङ्टन डीसी । अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ । कृत्रिम बौद्धिकता (एआई) उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्ताको चिन्ता बढ्दै गएपछि बजारमा गिरावट आएको हो । अमेरिकाको प्रमुख सेयर बजार सूचकाङ्क एस एन्ड पी ५०० मा आएको यो गिरावटलाई वाल स्ट्रिटको भाषामा ‘करेक्शन’ अर्थात् बजार सुधार भनिन्छ । यस्तो गिरावट एक शताब्दीभन्दा लामो समयदेखि समय–समयमा देखिँदै आएको छ । बजार विश्लेषकहरूका अनुसार सेयरको मूल्य अत्यधिक बढेर वास्तविक आर्थिक अवस्थाभन्दा माथि पुगेको अवस्थामा हुने यस्तो गिरावटले बजारलाई सन्तुलित बनाउन सहयोग गर्न सक्छ । ... The post अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता appeared first on Kalika Khabar.