मिनी स्ट्रोक : उपचार गराऔं, जोखिम टारौं

  • आइबार​ ७ मंिर २०८३ १२:०० PM
मस्तिष्कमा रगत र अक्सिजन पुर्‍याउने रक्तनलीमा केही समयका लागि अवरोध हुँदा मिनी स्ट्रोक हुन्छ। यसले गर्दा मस्तिष्कको कुनै भागले केही समय काम गर्न छाड्छ। र, स्ट्रोकका जस्तै लक्षण देखिन्छन्।मिनी स्ट्रोकलाई चिकित्सकीय भाषामा ट्रान्जियन्ट इस्केमिक अट्याक भनिन्छ। यसलाई सामान्य भाषामा चेतावनी स्ट्रोक पनि भनिन्छ।  तर, सामान्य स्ट्रोकमा जस्तो मस्तिष्कको तन्तुमा स्थायी क्षति भने हुँदैन।  लक्षण केही मिनेटदेखि केही घण्टासम्म रहन सक्छन् र आफैं हराउन पनि सक्छन्।  तर, लक्षण हराउँदैमा खतरा टर