काठमाडौं : प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमितरूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएका छन्। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको प्रतियोगिताका अहिलेसम्म नौवटा मात्रै संस्करण आयोजना हुनु दुःखद भएको बताएका हुन्।उनले सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित आयोजना गर्न र यसको स्तर अभिवृद्धिमा गम्भीरतापूर्वक काम गर्ने उल्लेख गरेका छन्। यसपटक दशौं राष्ट्रिय खेलकुद प्रतियोगि