किसानलाई धान थन्क्याउने चटारो

  • आइबार​ ७ मंिर २०८३ १२:०० PM
भोजपुर : यतिबेला भोजपुरका अधिकांश क्षेत्रमा धान काट्ने र भित्र्याउने काम तीव्र रूपमा चलेको छ। पाकेको धान समयमै थन्क्याउन किसान व्यस्त छन्। मौसममा देखिएको अनिश्चितता, कृषि श्रमिकको अभाव र बढ्दो खेती लागतका कारण धान भित्र्याउने समयमा किसानलाई भ्याइनभ्याइ छ। धानखेती हुने जिल्लाका विभिन्न स्थानमा किसानहरू धान काट्ने, सुकाउने, चुट्ने र भण्डारण गर्ने काममा जुटेका छन्। वर्षभरि गरेको मेहनतको प्रतिफल सुरक्षित गर्नुपर्ने भएकाले किसानलाई धान भित्र्याउने काममा ढिलाइ गर्ने अवस्था छैन। विशेषगरी वर्ष