जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार प्रदेश प्रमुख डा.सुरेन्द्रलाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादवले मैथिली भाषामा पद तथा गोपनियताको शपथ लिएका छन् ।प्रदेश प्रमुख कर्णले शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश संसदीय दलका नेता यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार