एजेन्सी– अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ । कृत्रिम बौद्धिकता (एआई) उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्ताको चिन्ता बढ्दै गएपछि बजारमा गिरावट आएको हो । अमेरिकाको प्रमुख सेयर बजार सूचकांक एस एन्ड पी ५०० मा आएको यो गिरावटलाई वाल स्ट्रिटको भाषामा ‘करेक्शन’ अर्थात् बजार सुधार भनिन्छ