महाकालीमा पुल बन्यो, गाडी गुड्ने ठेगान छैन

  • आइबार​ ७ मंिर २०८३ १०:०० AM
दार्चुला : महाकाली नदीको वारि नेपाल, पारि भारत। बीचमा बगिरहेको नदीले दुई देशको भूगोल छुट्ट्याए पनि दुवैतर्फका नागरिकको सम्बन्ध कहिल्यै छुट्टिएको छैन। सीमापारि बिहेबारी, वारिपारि आफन्त, साझा संस्कृति, धार्मिक आस्था र पुस्तौंदेखिको व्यापारिक सम्बन्धले जोडिएका यी बस्तीका लागि महाकाली नदी भौगोलिक सीमाभन्दा बढी साझा जीवनको आधार हो।तर, यही सम्बन्धलाई सडक यातायातले जोड्न सकेको थिएन। नदी वारपार गर्न कतै झोलुंगेपुलको सहारा लिनुपर्ने त कतै जोखिमपूर्ण तुइनको यात्रा गर्नुपर्ने बाध्यता थियो। दैनिक उपभोग