सुनसरी : सुनसरीको धरानबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। धनकुटाको भेडेटारबाट सुनसरीको धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीलाई प्रहरीले नियन्त्रणमा लिई जाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले बताएका छन्। शनिबार राति करिब ११:३० बजे धरान उपमहानगरपालिका–२ भानुचोकमा प्रहरीले भारतीय नम्बर प्लेट बीआर ११ वाई ३०३९ नम्बरको को स्कार्पियो गाडीलाई रोक्न खोजेको थियो। तर,