नेपाल र भारत बीचको सम्बन्धलाई दुई छिमेकी मुलुकबीचको भौगोलिक निकटताका आधारमा मात्र पर्गेल्न सकिँदैन। यो सम्बन्ध साझा इतिहास, सभ्यता, संस्कृति, धर्म र जनस्तरको आत्मीयताको जगमा टिकेको छ। तर, इतिहास र भावनाले मात्र कुनै पनि सम्बन्धलाई सधैँ जीवन्त राख्न सक्दैनन्। बदलिँदो समयसँगै सम्बन्धका प्राथमिकता, आवश्यकता र सहकार्यका क्षेत्र पनि अध्यावधिक हुनुपर्छ।अहिले नेपाल–भारत सम्बन्धले पुरानो आत्मीयतालाई कायम राख्दै नयाँ आर्थिक सम्भावना र व्यावहारिक सहकार्यको आधारमा सम्बन्धलाई अगाडि बढाउने बाटो खोजिरहे